Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

मुक्तिनाथ विकास बैंकको युवा लक्षित ‘मुक्तिनाथ पकेट मनी बचत खाता’ सञ्चालनमा

मुक्तिनाथ विकास बैंकको युवा लक्षित ‘मुक्तिनाथ पकेट मनी बचत खाता’ सञ्चालनमा

अर्थ प्लस
मुक्तिनाथ विकास बैंकको युवा लक्षित ‘मुक्तिनाथ पकेट मनी बचत खाता’ सञ्चालनमा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले १५ देखि १८ वर्षका युवा पुस्ता लक्षित ‘मुक्तिनाथ पकेट मनी बचत खाता’ सञ्चालनमा ल्याएको छ । यो बचत खाता विशेष गरी भर्खरै एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई फाइदा पुग्नेछ । सो उमेर समूहका ग्राहकहरूलाई बैंकिङ्ग क्षेत्रमा आकर्षित गर्न, डिजिटल बैंकिङ्ग प्रोत्साहन गर्न, बचतको महत्त्व बझाउन र विद्युतीय कारोबारमा निहित जोखिम सम्बन्धी साक्षरता प्रदान गर्न यो बचत खाताले मद्दत गर्नेछ ।

मुक्तिनाथ पकेट मनी बचत खातामा न्यूनतम ५० रुपैयाँ मौज्दात राखेर खाता खोल्नु हुने प्रत्येक ग्राहकहरूलाई बैंकले अर्धमासिक तथा मासिकरुप एक पटक निःशुल्क वित्तीय साक्षरता तथा विद्युतीय कारोबारको जोखिम सम्बन्धी ज्ञान प्रदान गर्नेछ । यो खाता खोल्ने ग्राहकले १८ वर्ष नपुगुन्जेल सम्मको लागि निः शुल्क मोबाइल बैंकिङ्ग सुविधा प्राप्त गर्नेछन् ।

साथै, यो खाता खोल्दा निःशुल्क डिम्याट खाता तथा मेरो शेयर दर्ता लगायत विभिन्न बैंकिङ्ग सेवाहरूमा समेत छुट प्राप्त गर्न सक्नेछन् । बैंकले हालै मोबाइल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप सञ्चालनमा ल्याएको छ । त्यसैगरी मोबाइल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरू बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

सम्बन्धित समाचार