Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

राष्ट्रिय वाणिज्य बैंकले वैशाख ७ गतेदेखि ऋणपत्र निष्काशन गर्ने, कति पाइन्छ ब्याज ?

राष्ट्रिय वाणिज्य बैंकले वैशाख ७ गतेदेखि ऋणपत्र निष्काशन गर्ने, कति पाइन्छ ब्याज ?

अर्थ प्लस
राष्ट्रिय वाणिज्य बैंकले वैशाख ७ गतेदेखि ऋणपत्र निष्काशन गर्ने, कति पाइन्छ ब्याज ?

काठमाडाैं, चैत २७ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आगामी वैशाख ७ गतेदेखि ७ प्रतिशत ब्याजदर भएको ७ वर्षे अवधिको ‘७% आरबीबीएल डिबेन्चर २०८८’ निष्कासन गर्ने भएको छ। बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले जम्मा २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो। सोमध्ये बैंकले १५ लाख कित्ता ऋणपत्र भने व्यक्तिगत तवरबाट बिक्री गर्ने बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडले जनाएको छ।

बैंकले बाँकी १० लाख कित्तामध्ये ५० हजार कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी रहेको ९ लाख ५० हजार कित्ता ऋणपत्र सर्वसाधारणमा निष्कासन गर्न लागेको हो। यसमा लगानीकर्ताले घटीमा २५ कित्ता र बढीमा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको छ। निष्कासन बन्द छिटोमा वैशाख १० र ढिलोमा वैशाख २१ गते हुनेछ।

बैंकलाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपी एप्लस’ इस्यूअर रेटिङ दिएको छ। यसले समयमै वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त र कर्जा जोखिम न्यून भएको संकेत गर्छ। यस ऋणपत्रमा आर्जित व्याजदर प्रत्येक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र द्वितीय अर्धवार्षिक समाप्त भएपछि भुक्तानी गरिनेछ।

सम्बन्धित समाचार