Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images
सेयर बजार

कहिले देखि खुल्दै छ रिडी पावरको हकप्रद?

कहिले देखि खुल्दै छ रिडी पावरको हकप्रद?

कहिले देखि खुल्दै छ रिडी पावरको हकप्रद?

काठमाडौं, ९ फागुन । रिडी पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने मिति तय गरिसकेको छ  । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर निष्काशन फागुन १८ गतेदेखि गर्ने भएको हो। 

कम्पनीले हाल कायम १० कित्ता सेयर बराबर कम्पनीका सेयरधनीले ५ कित्ता हाल्न पाउने अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले ७७ करोड ४४ लाख ५० हजार ६०० रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको भनेको छ। 

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ३२ करोड ३३ लाख ५१ हजार ८०० रुपैयाँ पुग्नेछ।

हकप्रदको पूँजीको प्रयोग तल्लो बलेफि जलविद्युत आयोजनाको आवश्यक स्वपूँजी रुपमा लगानी गर्नेछ। त्यसैगरी, बैंकहरुसँग ऋण सम्झौता सम्पन्न हुँदा कम्पनीको ऋण तथा स्वपूँजीको अनुपात ६७.३३ वा सोभन्दा राम्रो हुनुपर्ने प्रावधानका कारण पनि कम्पनीले हकप्रद सेयर निष्काशन गर्न लागेको भनेको छ। 

कसले दिन सक्छन आवेदन ?
कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले माघ २२ गते बुकक्लोज गरि सकेको छ । जस अनुसार माघ २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका  सेयरधनीहरुले यस हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

कहिले सम्म दिन सकिन्छ आवेदन ?
हकप्रद सेयर निष्काशन फागुन १८ गतेदेखि चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ।

रेटिङ्ग
केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

बिक्री प्रबन्धक 
बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

कसरी दिने आवेदन?
नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गको सफ्टवेयर 'मेरो सेयर। अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ।

साथै ,लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कम्पनीको केन्द्रिय कार्यालय, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। 

सम्बन्धित समाचार