Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images
बैंकवित्त

माछापुच्छ्रे बैंकद्वारा भिडियो केवाईसी सेवाको शुभारम्भ, अब बैंकसम्म खाता खोल्न आउनु नपर्ने

माछापुच्छ्रे बैंकद्वारा भिडियो केवाईसी सेवाको शुभारम्भ, अब बैंकसम्म खाता खोल्न आउनु नपर्ने

अर्थ प्लस
माछापुच्छ्रे बैंकद्वारा भिडियो केवाईसी सेवाको शुभारम्भ, अब बैंकसम्म खाता खोल्न आउनु नपर्ने

बुधवार, फाल्गुण ९ २०८०
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै भीडियो केवाईसी सेवाको शुभारम्भको गरेको छ । उक्त सेवाको सुरुवातसँगै नयाँ ग्राहकहरुले अनलाइन मार्फत खाता खोली भिडियो केवाईसी मार्फत आफ्नो पहिचान गरी खाता सञ्चालन गर्न सकिने बैंकले जनाएको हो ।

बैंकको अनुसार यस भिडियो केवाईसी मार्फत खाता खोल्दा ग्राहकहरु बैंकमा केवाईसी फर्म भर्न तथा नयाँ खाता खोल्न बैंकसम्म आउनु पर्ने छैन् । यो सेवाबाट देश भित्रै वा विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरुले विश्वको कुनै पनि ठाउँमा बसेर २४ सै घण्टा अनलाइनबाटै बैंकमा खाता खोल्न र भिडियो केवाईसी सेवा मार्फत आफ्नो खाता एक्टिभेट गर्न सकिनेछ ।

साथै सेवाबाट नयाँ खाता खोल्दा आवश्यक पर्ने कागजातहरू प्रमाणित गर्न तथा ग्राहक पहिचान गर्न अनलाइन भिडियो मार्फत गर्न सकिने  छ । हाल बैंकले ग्राहकलाई अनलाइन खाता खोल्ने सुविधा दिइरहेको छ जसमा भीडियो केवाईसी सेवाको उपयोग गरी बैंक सम्म पुग्नु पर्ने झन्झट हटेको छ । 

सम्बन्धित समाचार