Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

सानिमा जीआइसी इन्सुरेन्सको नाफा २३ करोड ३५ लाख

सानिमा जीआइसी इन्सुरेन्सको नाफा २३ करोड ३५ लाख

अर्थ प्लस
सानिमा जीआइसी इन्सुरेन्सको नाफा २३ करोड ३५ लाख
काठमाडौं, वैशाख २९ । सानिमा जीआइसी इन्सुरेन्सलेले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससममको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले  २३ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष यसले २० करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यो गत वर्षको यसै अवधिको तुलनामा १६.२१ प्रतिशतले बढीहो ।
 
कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी ३१.६४ प्रतिशतले घटेको छ । यसको लगानी तथा कर्जाबाट हुने आम्दानी १९ करोड ८५ लाख रुपैयाँबाट घटेर १३ करोड ५६ लाखमा झरेको छ ।

कम्पनीको कमिसनबाट हुने आम्दानी  १६.२१ प्रतिशतले बढेर २७ करोड २ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङमा २८ करोड ९६ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ १७ पैसाले बढेर १५ रुपैयाँ ५७ पैसा (वार्षिक) कायम भएको छ भने  प्रतिसेयर नेटवर्थ  १५८.३२ रुपैयाँ रहेको छ ।

सम्बन्धित समाचार