Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images
सेयर बजार

विद्युत नियमन आयोगले दियो दुई हाइड्रो कम्पनीलाई हकप्रद निष्कासनको स्वीकृति

विद्युत नियमन आयोगले दियो दुई हाइड्रो कम्पनीलाई हकप्रद निष्कासनको स्वीकृति

विद्युत नियमन आयोगले दियो दुई हाइड्रो कम्पनीलाई हकप्रद निष्कासनको स्वीकृति

काठमाडौं, १८ फागुन । विद्युत नियमन आयोगले दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेड र राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडलाई हकप्रद निष्कासनको स्वीकृति प्रदान गरेको छ ।

 दोर्दी खोलाले हालको चुक्तापुँजीको शतप्रतिशतले हुन आउने हकप्रद सेयर निष्कासनका लागि आयोगसँग स्वीकृति माग गरेको थियो । कम्पनीको हालको चुक्ता पुँजी एक अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँ रहेकोमा हकप्रद निष्कासन पछि चुक्तापुँजी दुई अर्ब १० करोड ८५ लाख २० हजार ८ सय रुपैयाँ पुग्नेछ ।

यसैगरी राप्ती हाइड्रोले हालको चुक्तापुँजीको शतप्रतिशतले हुन आउने हकप्रद सेयर निष्कासनका लागि आयोगसँग स्वीकृति माग गरेको थियो । कम्पनीको हालको चुक्ता पुँजी ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ रहेकोमा हकप्रद निष्कासन पछि चुक्तापुँजी एक अर्ब २२ करोड ५५ लाख ८७ हजार ६ सय रुपैयाँ पुग्नेछ ।

सम्बन्धित समाचार