Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

अब नेपालमा पुनः लोडसेडिङ सुरु हुने दिन आउँदै आउँदैन, सामाजिक सञ्जालमा कसैले फोटो राख्नुपर्दैन: शाक्य

अब नेपालमा पुनः लोडसेडिङ सुरु हुने दिन आउँदै आउँदैन, सामाजिक सञ्जालमा कसैले फोटो राख्नुपर्दैन: शाक्य

अर्थ प्लस
अब नेपालमा पुनः लोडसेडिङ सुरु हुने दिन आउँदै आउँदैन, सामाजिक सञ्जालमा कसैले फोटो राख्नुपर्दैन: शाक्य

काठमाडौं, जेठ २ । हिजो बेलुका बिजुली झ्याप्प-झ्याप्प भएको विषयमा प्रष्टीकरण दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल विद्युत् प्राधिकरणको  प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले अब नेपालमा लोडसेडिङ हुदै नहुने बताएका छन् ।

हिजो बेलुका ६:३८ बजेदेखि देशको अधिकांश स्थानमा विद्युत आपूर्ति बन्द भएको थियो । ढल्केवर आसपास चलेको हावाहुरीको कारण ढल्केवर मुजफरपुर ४०० केभी डवल सर्किट लाइनको दुवै सर्किटमा एक साथ समस्या हुँदा विद्युत अवरोध भएको शाक्यले बताएका छन् ।

शाक्यले भने, ‘सामाजिक सञ्जालमा अब लोडसेडिङ सुरू भयो भनेर गरिएको प्रचार गलत हो । हिजो ढल्केवर मुजफरपुर क्षेत्रमा ठूलो रुखको हाँगाले विद्युत् आपूर्तिमा समस्या ल्याएको थियो तर करिब २ घण्टापछि त्यो समस्या समाधान भएको थियो । 

मौसमजन्य गतिविधिको कारण विद्युतीय संरचनामा भएको क्षति तथा विविध प्राविधिक समस्याका कारण सिर्जना भएको प्रतिकूल अवस्थालाई अब इन्भर्टर र मैनबत्तीको दिन आए भन्दै सामाजिक सञ्जालका भनाइमा सत्यता छैन । अब नेपालमा पुनः लोडसेडिङ सुरु हुने दिन आउँदै आउँदैन ।’

विद्युत आपूर्ति बन्द हुनासाथ आफैँ विद्युत् प्रणाली सञ्चालन विभाग स्यूचाटार पुगी भारबारे जानकारी लिएको उनले बताएका छन् । ढल्केवर पश्चिमको १३२ तथा अन्य १३२, ३३ र ११ केभी लाइनमा रुख ढली पोल तथा कन्डक्टरमा क्षति पुगेकाले सबै क्षेत्रमा एकै समयमा बिजुली पुर्‍याउन नसकिएको शाक्यले बताएका छन् । आगामी दिनमा यस्ता समस्या नदोहोरिन तत्कालीन दीर्घकालीन योजना बनाइने उनको भनाइ  रहेको छ ।

सम्बन्धित समाचार