Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

तेह्रथुम पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

तेह्रथुम पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ प्लस
तेह्रथुम पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं, जेठ ४ । तेह्रथुम पावर कम्पनी लिमिटेडको १०० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज आइतबार जेठ ४ गते अन्तिम दिन रहेको छ ।
 
यस कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि जेठ ५ गते बुक क्लोज गर्दैछ । तसर्थ, आज आइतबारसम्म कायम रहने सेयरधनीहरुले मात्र तेह्रथुम पावर को हकप्रद सेयर भर्न पाउनेछन् ।

सेबोनले प्रतिकित्ता १०० रुपैयाँको दरले १ः१ अनुपातमा ४० लाख कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो। सोहीअनुसार कम्पनीले हकप्रद सेयर जारी गर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद सेयर जारी गरेपछि यसको पुँजी ८० करोड रुपैयाँ पुग्नेछ ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ ।

सम्बन्धित समाचार