काठमाडौं, जेठ ४ । नेपाल माइक्रो इन्सुरेन्स कम्पनी लिमिटेडले बार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले जेठ १६ गते भरतपुर गार्डेन रिसोर्ट, भरतपुर, चितवनमा बिहान ११ बजे बार्षिक साधारणसभा बोलाएको हो । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल हुनेछ ।
त्यस्तै उक्त सभाले २ जना सञ्चालन नियुक्त गर्नेछ । लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि उक्त सभामा पेश हुनेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।
सभा प्रयोजनका लागि कम्पनीले जेठ ८ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, जेठ ७ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।
