Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

बीमा प्राधिकरणले प्रदान गर्यो प्रदेशस्तरीय निबन्ध प्रतियोगिताका विजेतालाई पुरस्कार

बीमा प्राधिकरणले प्रदान गर्यो प्रदेशस्तरीय निबन्ध प्रतियोगिताका विजेतालाई पुरस्कार

अर्थ प्लस
बीमा प्राधिकरणले प्रदान गर्यो प्रदेशस्तरीय निबन्ध प्रतियोगिताका विजेतालाई पुरस्कार

काठमाडौं, जेठ ५ । नेपाल बीमा प्राधिकरणले बीमा शिक्षा तथा साक्षरता प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरेको प्रदेशस्तरीय निबन्ध प्रतियोगिताका विजेताहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेको छ ।

प्राधिकरणको केन्द्रीय कार्यालय र ६ वटा प्रदेश कार्यालयहरूद्वारा प्राधिकरणको ५७औं बार्षिकोत्सवको अवसरमा आयोजित प्रदेशस्तरीय निबन्ध प्रतियोगिताका विजेता हरेक प्रदेशका एक–एकजना गरी ७ जना विजेतालाई प्रमाणपत्र र २० हजारका दरले नगद पुरस्कार प्रदान गरेको हो ।

बागमती प्रदेशका विजेतालाई आइतबार केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा एक कार्यक्रमका बीच प्राधिकरणका अध्यक्ष शरद ओझाले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका हुन् ।

प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा कोशी प्रदेशबाट विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थी धनराज शाह, मधेश प्रदेशबाट बीरगञ्जस्थित नेशनल एकेडेमी क्याम्पसका विद्यार्थी कविता कुमारी यादव र वागमती प्रदेशबाट भक्तपुरस्थित ख्वप कलेज अफ लका दिल बहादुर भण्डारी विजयी भएका छन् ।

यसैगरी, गण्डकी प्रदेशबाट पोखरा विश्वविद्यालय, स्कुल अफ विजनेसका विद्यार्थी कुसुम क्षेत्री, लुम्बिनी प्रदेशबाट रूपन्देहीस्थित बुटवल कालिका क्याम्पसका विद्यार्थी निरा अधिकारी, कर्णाली प्रदेशबाट सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालय, शिक्षाशास्त्र संकायका विद्यार्थी तारा कुमारी मल्ल र सुदूरपश्चिम प्रदेशबाट धनगढीस्थित कैलाली बहमखी क्याम्पसका विद्यार्थी दिव्या पन्त निबन्ध प्रतियोगितामा विजयी भएका हुन् ।

‘गरीबी न्युनीकरण तथा देशको आर्थिक विकासमा बीमाको महत्व’ शीर्षकमा आयोजित प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा देशका विभिन्न क्याम्पसहरूमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूबाट गरी जम्मा ८९ वटा निबन्ध प्राप्त भएका थिए ।

यस्ता प्रतियोगिताको माध्यमबाट जोखिम व्यवस्थापनको महत्वपूर्ण औजारका रूपमा रहेको बीमाप्रति विद्यार्थीलाई जागरूक बनाउन तथा बीमा शिक्षा एवम साक्षरता प्रवद्र्धन गर्न सघाउ पुग्ने विश्वास लिइएको छ ।

सम्बन्धित समाचार