Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

नेप्सेमा १९.०४ अंकको वृद्धि, बैङ्किङ समूहमा रौनक

नेप्सेमा १९.०४ अंकको वृद्धि, बैङ्किङ समूहमा रौनक

अर्थ प्लस
नेप्सेमा १९.०४ अंकको वृद्धि, बैङ्किङ समूहमा रौनक

विहीबार, ०८ जेठ २०८२, 
काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १९.०४ अंकले बढेर २६८८.५५ को विन्दुमा कायम भएको छ । नेप्सेमा कारोबार भएका १०४ कम्पनीको सेयर मूल्य बढ्दा १४२ कम्पनीको सेयर मूल्य घटेको छ । यसदिन ३१४ कम्पनीको २ करोड २३ लाख ९६ हजार ३२९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ८२ करोड माथिको सेयर कारोबार भएको छ ।

नेप्सेमा आज ङादी ग्रुप पावरको ६९ करोड १ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा राधि विद्युत कम्पनीको ६० करोड ७१ लाख रुपैयाँ र तेस्रोमा कुमारी बैंकको ४२ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यसदिन ओम मेगाश्रीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, एनआइसी एशिया बैंकका लगानीकर्ताले ८.११ प्रतिशतका दरले कमाउँदा फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ताले ८.०६ प्रतिशतका दरले कमाएका छन् । सबैभन्दा धेरै बराही हाइड्रोका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका छन् । 

सम्बन्धित समाचार