Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

सिटिजन लाइफको व्यतित बीमालेख नवीकरण गर्दा १०० प्रतिशतसम्म छुट

सिटिजन लाइफको व्यतित बीमालेख नवीकरण गर्दा १०० प्रतिशतसम्म छुट

अर्थ प्लस
सिटिजन लाइफको व्यतित बीमालेख नवीकरण गर्दा १०० प्रतिशतसम्म छुट

काठमाडौं, जेठ १२ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित भएका बीमालेखहरू नवीकरण गर्दा लाग्ने ब्याजमा १०० प्रतिशतसम्म छुट दिने भएको छ।

कम्पनीले रिन्यू नगरेर व्यतित भएका बीमालेखहरू आज जेठ १२ देखि २७ गतेसम्म रिन्यू गर्दा लाग्ने विलम्ब शुल्क (ब्याज) मा छुट दिने भएको हो।

कम्पनीले ३ वर्षभन्दा बढी व्यतित बीमालेखमा ५० प्रतिशत, २ देखि ३ वर्षसम्म व्यतित बीमालेखमा ७५ प्रतिशत र २ वर्षसम्म व्यतित बीमालेखमा १०० प्रतिशत छुट दिने जनाएको छ।

साथै, यस्तो सुविधा बीमालेख अवधिभर एकपटक मात्रै पाइने, यस्तो सुविधाबाट रिन्यू गरिएका बीमालेख २ वर्षभित्र सरेन्डर भएमा छुट रकम कट्टा गरिने स्पष्ट पारेको छ।

सम्बन्धित समाचार