काठमाडौं, जेठ १८ । नेसनल लाइफ इन्सुरेन्सको गत आर्थिक वर्षको वार्षिक साधारण सभा असार ५ गते बस्ने भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाण्डौंमा बिहान १०ः३० बजे सुरु हुनेछ ।
सभामा सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कुल १५ लाभाश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । साथै, कर प्रयोजनका लागि थप ०.७८९ प्रतिशत नगद लाभांश स्वीकृत गर्ने पनि कम्पनीले जनाएको छ । यस्तै, संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ ।
सभा प्रयोजनका लागि जेठ २२ गते बुक क्लोज हुने भएकाले जेठ २१ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
