Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

विकाश हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

विकाश हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

अर्थ प्लस
विकाश हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, जेठ २० । विकाश हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

यस कम्पनीले प्रतिकित्ता १०० रूपैयाँका दरले जम्मा ४४ लाख ५४ हजार ५९६ कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। जसमध्ये ९ लाख ९ हजार १०१ कित्ता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि र ३ लाख ५४ हजार ५५० कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीका लागि प्रथम चरणमा निष्कासन गरिरहेको छ।

आयोजना प्रभावितलाई छुट्याइएको शेयरमध्ये अति प्रभावित क्षेत्र अर्थात् गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ४ र ५ मा स्थायी बसोबास गर्नेका लागि ४० प्रतिशत अर्थात् ३ लाख ६३ हजार ६४० कित्ता र प्रभावित क्षेत्र सोही गाउँपालिकाको वडा नम्बर १, २, ३, ६ र ७ मा स्थायी बसोबास गर्नेका लागि ६० प्रतिशत अर्थात् ५ लाख ४५ हजार ४६१ कित्ता छुट्याइएको छ।

आवेदकले घटीमा १० कित्ताका लागि र बढीमा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने  धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडले जनाएको छ।

पहिलो चरणको आईपीओ बाँडफाँड गरिसकेपछि बाँकी रहने ३५ लाख ४५ हजार ४९५ कित्ता शेयरमध्ये ७० हजार ९१० कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई र १ लाख ७७ हजार २७५ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरेर बाँकी रहेको २९ लाख ४२ हजार ७६० कित्ता शेयर दोस्रो चरणमा सर्वसाधारणलाई निष्कासन गर्नेछ।

सम्बन्धित समाचार