काठमाडौं, २३ फागुन । खानी खोला हाइड्रोपावर कम्पनीले १:१ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
कम्पनीले १:१ अनुपातमा ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद जारी गर्न बोर्डसँग फागुन १७ गते अनुमति मागेको हो । प्रति कित्ता एक सय रुपैयाँ अङ्कित उक्त हकप्रदमार्फत कम्पनीले कुल ४७ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाँ पुँजी संकलन गर्नेछ । हकप्रद निष्कासनको बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ४७ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी पश्चात् कम्पनीको चुक्ता पुँजी ९५ करोड १४ लाख २८ हजार ६ सय रुपैयाँ पुग्नेछ ।
