Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

महालक्ष्मी विकास बैंकको अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला उद्यमी सशक्तीकरण योजना

महालक्ष्मी विकास बैंकको अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला उद्यमी सशक्तीकरण योजना

अर्थ प्लस
महालक्ष्मी विकास बैंकको अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला उद्यमी सशक्तीकरण योजना

काठमाडौ, २५ फागुन । महालक्ष्मी विकास बैंकले आलय र रायन इनजीको सहकार्यमा महिला उद्यमीहरुको वित्तीय पहुँच तथा स्वच्छ उर्जामा पहुँच अभिवृद्धि गरी दिगो विकास लक्ष्य प्राप्त गर्न नयाँ पहलकदमीको सुरुवात गरेको छ ।

यस अन्तर्गत महालक्ष्मी विकास बैंकले बनेपा, धुलिखेल र काभ्रेपलान्चोकमा रहेका महिला लघु उद्यमीहरुलाई विद्युतीय सवारी साधन खदिको लागि वित्तीय सहयोग प्रदान गर्नेछ । 

साथै आधिकारिक विक्रेता  तथा निर्माताको रुपमा रहेको रायन इनर्जी प्रा. लि. ले सुरक्षित तथा वातावरणीय अनुकुल विद्युतीय सवारी साधनहरु आपुर्ति गर्नेछ र सोको आवश्यक प्रशिक्षण, मर्मत सम्भार तथा वारेन्टी समेत प्रदान गर्ने बैंकले जनाएको छ  । 
 
यो सहकार्य नेपालमा हरित अर्थतन्त्रको प्रवद्र्धन, वित्तीय विशेषज्ञता तथा नविनत्तम प्रविधिको विकास तथा लैङ्गिक समानता हासिल गर्न एक गतिशिल साझेदारीको रुपमा रहने छ । 

साथै यो सम्झौताले महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउने, समुदायको दिगो विकास गर्ने तथा पर्यावरणीय मैत्री यातायातको अवलम्बन गर्ने प्रमुख लक्ष्य लिएको छ । 

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गरिएको यस सहकार्य लैङ्गिक समानता हासिल गर्न तथा महिलाहरुलाई अवसर सिर्जन गर्न तथा महिला सशक्तीकरणको लागि एक महत्वपुर्ण उदाहरणको रुपमा रहनेछ ।

सम्बन्धित समाचार