Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

स्वास्थ्य र बीमा सेवाको पहुँच विस्तारका लागि प्रभु महालक्ष्मी लाइफ र चिरायु हस्पिटलबीच रणनीतिक साझेदारी

स्वास्थ्य र बीमा सेवाको पहुँच विस्तारका लागि प्रभु महालक्ष्मी लाइफ र चिरायु हस्पिटलबीच रणनीतिक साझेदारी

अर्थ प्लस
स्वास्थ्य र बीमा सेवाको पहुँच विस्तारका लागि प्रभु महालक्ष्मी लाइफ र चिरायु हस्पिटलबीच रणनीतिक साझेदारी

आइतवार, असार ८ २०८२
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युटबीच सुलभ, गुणस्तरीय स्वास्थ्य सेवा तथा जीवन बीमा सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले एउटा महत्वपूर्ण रणनीतिक साझेदारी भएको छ ।

यो रणनीतिक साझेदारीका लागि सम्झौतापत्रमा प्रभु महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष प्रसाईं ज्यू र चिरायु हस्पिटलका अपरेसन निर्देशक श्री चन्द्रेश्वर एनआर वैद्यज्यूले हस्ताक्षर गरेका छन्। हस्ताक्षर समारोहमा प्रभु महालक्ष्मी लाइफका नायब प्रमुख कार्यकारी अधिकृत श्री किशोरप्रसाद लामिछानेज्यू तथा चिरायु हस्पिटलका व्यवसाय विकास अधिकारी श्री बसन्त खनालज्यूको उपस्थिति थियो ।

यो १ वर्ष समयावधिको सम्झौताले नेपालको स्वास्थ्य सेवाको आपूर्ति र वित्तीय सुरक्षाबीचको अन्तरलाई कम गर्दै कर्मचारी, अभिकर्ता, शेयरधनी तथा सर्वसाधारण समुदायलाई व्यापक लाभ पुर्याउने विश्वास र प्रतिबद्धता दुवै कम्पनीले जनाएका छन्। सम्झौताअनुसार चिरायु हस्पिटलले प्रभु महालक्ष्मी लाइफका कर्मचारी, अभिकर्ता, शेयरधनी तथा तिनका आश्रित परिवार सदस्यलाई विशेष छुट सुविधा प्रदान गर्नेछ।

चिरायु हस्पिटलले बेड चार्जमा १५ प्रतिशत, हस्पिटलभित्रको परीक्षण सेवामा १० प्रतिशत तथा औषधि खरिदमा ५ प्रतिशत छुट दिनेछ । साथै, काठमाडौं उपत्यकाभित्र निःशुल्क एम्बुलेन्स सेवा र सिफारिस भएका बिरामीलाई सेवाअनुसार १० प्रतिशतदेखि २५ प्रतिशतसम्म विशेष छुट पनि प्रदान गरिने हस्पिटलले जनाएको छ।

सम्झौता बमोजिम चिरायु हस्पिटलमा कार्यरत कर्मचारीलाई प्रभु महालक्ष्मी लाइफले विभिन्न बीमा योजना प्रदान गर्नेछ। बीमाको प्रिमियम चिरायु हस्पिटलले भुक्तान गर्नेछ । यस पहलले चिरायु हस्पिटलका कर्मचारीको वित्तीय सुरक्षा र सर्वांगीण कल्याण सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।

गुणस्तरीय तथा सुलभ सेवा प्रदान गर्ने साझा उद्देश्यसहित स्थापित यस साझेदारीले स्वास्थ्य तथा बीमा क्षेत्रबीचको सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत हुने विश्वास गरिएको छ ।

यस ऐतिहासिक साझेदारीले आगामी दिनमा स्वस्थ र सुरक्षित समाज निर्माणमा योगदान दिने विश्वास गरिएको छ ।

 

सम्बन्धित समाचार