Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

आर्थिक विवरण समयमा पेस नगर्ने दुई ब्रोकर कम्पनी बोर्डको कारबाहीमा

आर्थिक विवरण समयमा पेस नगर्ने दुई ब्रोकर कम्पनी बोर्डको कारबाहीमा

अर्थ प्लस
आर्थिक विवरण समयमा पेस नगर्ने दुई ब्रोकर कम्पनी बोर्डको कारबाहीमा

काठमाडौं — नेपाल धितोपत्र बोर्डले नियम उल्लंघन गरेको भन्दै दुई ब्रोकर कम्पनीलाई कारबाही गरी नगद जरिवाना तिराएको छ।

बोर्डका अनुसार काठमाडौं नक्सालस्थित एप्पल सेक्युरिटिज (ब्रोकर नं. १०१) र नयाँ बानेश्वरस्थित बेनी सेक्युरिटिज (ब्रोकर नं. ९३) ले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण भएको वित्तीय विवरण तथा आर्थिक विवरण तोकिएको समयमा पेश नगरेका कारण जरिवाना गरिएको हो।

धितोपत्रसम्बन्धी ऐन, २०६३ बमोजिम दुवै ब्रोकर कम्पनीलाई पहिलो पटकका लागि ५ हजार रुपैयाँ जरिवाना गरिएको बोर्डले जानकारी दिएको छ । 

सम्बन्धित समाचार