Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

धितोपत्र बोर्डद्वारा ब्रोकर कम्पनीको न्यूनतम पुँजी कायम गर्ने समयावधि बढाउन प्रस्ताव

धितोपत्र बोर्डद्वारा ब्रोकर कम्पनीको न्यूनतम पुँजी कायम गर्ने समयावधि बढाउन प्रस्ताव

अर्थ प्लस
धितोपत्र बोर्डद्वारा ब्रोकर कम्पनीको न्यूनतम पुँजी कायम गर्ने समयावधि बढाउन प्रस्ताव

काठमाडौं - नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४’ संशोधन गरी ब्रोकर कम्पनीको न्यूनतम पुँजी कायम गर्ने समयावधि बढाउन अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको छ । 

बोर्डको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ब्रोकरहरुको न्यूनतम चुक्तापुँजी कायम गर्ने समयावधि बढाउन संशोधनका लागि प्रस्ताव गरेको हो।

हाल ब्रोकर कम्पनीले आफ्नो पुँजी वर्गअनुसार २० करोडदेखि ६० करोड रुपैयाँसम्म पुर्‍याउनुपर्ने व्यवस्था छ भने स्टक डिलर कम्पनीले १ अर्ब ५० करोड रुपैयाँको पुँजी राख्नुपर्नेछ ।

यसअघि २०७९ भदौमा नियमावली संशोधन गरेर सरकार र बोर्डले ब्रोकर कम्पनीहरूको न्यूनतम पुँजी करिब ३० गुणासम्म बढाएका थिए । तर, अधिकांश ब्रोकरहरूले तोकिएको पुँजी समयमा पु¥याउन नसकेको अवस्थामा बोर्डले चैत मसान्तसम्म समय थप गर्न लागेको हो ।

हाल बजारमा ९० वटा ब्रोकर कम्पनीमध्ये २ वटाले मात्र पूर्ण ब्रोकरको रूपमा काम गरिरहेका छन् । बाँकी ८८ वटा कम्पनी सीमित सेवा दिने गरी सञ्चालनमा छन् ।

सम्बन्धित समाचार