Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

बुंगल हाइड्रोपावरले असार २९ गतेदेखि पहिलो चरणको आइपीओ निष्कासन गर्ने

बुंगल हाइड्रोपावरले असार २९ गतेदेखि पहिलो चरणको आइपीओ निष्कासन गर्ने

अर्थ प्लस
बुंगल हाइड्रोपावरले असार २९ गतेदेखि पहिलो चरणको आइपीओ निष्कासन गर्ने

काठमाडौं, असार २२ । बुंगल हाइड्रोपावर कम्पनी लिमिटेडले असार २९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ ।  

कम्पनीले  २ लाख ७ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र ८ लाख ३० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई बिक्री गर्न लागेको हो ।

स्थानीय बासिन्दालाई छुट्याइएको सेयरमध्ये ६५ प्रतिशत अर्थात ५ लाख ३९ हजार ५०० कित्ता सेयरका लागि अति प्रभावित क्षेत्र सुदूर पश्चिम प्रदेश, बझाङ जिल्ला, बुंगल नगरपालिका वडा नं. ६ (साविक पिपलकोट गाविस वडा नं. ४, ५ र ७) र वडा नं. ७ (साविक कफल्सेरी गाविस वडा नं. १०) का बासिन्दाहरुले आवेदन दिन सक्नछन् । यस्तै, बाँकी ३५ प्रतिशत सेयर अर्थात २ लाख ९० हजार ५०० कित्ताका लागि सामान्य प्रभावित क्षेत्र बुंगल नगरपालिका वडा नं। १, २, ३, ४, ५, ८, ९ १० र ११ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

यता, स्थानीयले छिटोमा साउन ११ गते र ढिलोमा साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने साउन ११ गते बैकिङ समयसम्म मात्र आवेदन दिन पाउने व्यवस्था छ । दुवैले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

कम्पनीको आईपिओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । 

स्थानीय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, केदारस्यू–१, कृषि विकास बैंक, बंगल नगरपालिका वडा नं. ४, ग्लोबल आइएमई बैंक, जयपृथ्वी नगरपालिका वडा नं. १० र आयोजनास्थल बुंगल नगरपालिका वडा नं. ७ बाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सी आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

सम्बन्धित समाचार