Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ प्लस
सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं- सिटिजन्स बैंकले ४ हजार ६६९.९८ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । 

बैंकका केही संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि बेंक समक्ष निवेदन पेस गरेअनुसार बैंकले सो सेयर बिक्री गर्न लागेको हो ।

बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार हाल बैंककै विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरी सेयर बिक्री गर्न लागेको हो । सेयरको मूल्य प्रतिकित्ता न्यूनतम १११ रुपैयाँ तोकिएको छ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात सहित नारायणहिटीस्थित सिटिजन्स बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।

सम्बन्धित समाचार