Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

नेप्से पुनः संरचनाको प्रस्ताव अर्थ मन्त्रालयमा पेस, स्वीकृतिपछि मात्रै दोस्रो चरणको काम सुरु

नेप्से पुनः संरचनाको प्रस्ताव अर्थ मन्त्रालयमा पेस, स्वीकृतिपछि मात्रै दोस्रो चरणको काम सुरु

अर्थ प्लस
नेप्से पुनः संरचनाको प्रस्ताव अर्थ मन्त्रालयमा पेस, स्वीकृतिपछि मात्रै दोस्रो चरणको काम सुरु

काठमाडौं । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेप्से पुनः संरचनाका लागि अध्ययन प्रस्ताव अर्थ मन्त्रालयमा पेस गरेको जानकारी दिएका छन् ।

नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीले यस्तो जानकारी दिएका हुन् । उनले नेप्सेले कसरी नेप्से पुनः संरचना गर्ने भन्ने विषयमा अध्ययन गरी अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको जानकारी दिएका छन् ।

सूचना अधिकारी पराजुलीले नेप्सेले पठाएको प्रस्तावलाई अर्थ मन्त्रालयले स्वीकृति दिएपछि मात्रै दोस्रो चरणमा जाने बाटो खुल्ने बताएका छन् । 

नेपाल स्टक एक्सचेन्ज ९नेप्से०का प्रमुख कार्यकारी अधिकृत (सीइओ) चूडामणि चापागाईंले विश्वभर समान्यतया पाएको प्रणाली ल्याएर नेप्से पुनः संरचना गर्नुपर्ने बताए छन् । 

सम्बन्धित समाचार