Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

सुशासन कायम गराउन सरकारसँग अझै धेरै चुनौतीहरू छन : डा.महत

सुशासन कायम गराउन सरकारसँग अझै धेरै चुनौतीहरू छन : डा.महत

अर्थ प्लस
सुशासन कायम गराउन सरकारसँग अझै धेरै चुनौतीहरू छन  : डा.महत

काठमाडौँ - नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा.प्रकाशशरण महतले वर्तमान सरकारले केही राम्रा काम गरे पनि आम नागरिकका लागि सेवा प्रवाहमा अझै सुशासन कायम हुन नसकेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महतले सरकारको एक वर्षे कार्यकालको समीक्षा गर्दै केही सकारात्मक पक्ष रहेको उल्लेख गरे ।

उनका अनुसार निजी क्षेत्रलाई चलायमान बनाउनका लागि पाँच वटा विधेयक संसदबाट पारित भइसकेका छन् भने नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने कतिपय कानुनहरू पनि बनेका छन् ।

“यो सरकारले एक वर्षमा केही राम्रा कुराहरू पनि गरेको छ । निजी क्षेत्रलाई चलायमान गर्नका लागि पाँचवटा विधेयक पारित भएका छन् । अन्य नागरिक सम्बन्धी कानुनहरू पनि बनेका छन्, केही कानुनहरू पारित हुने क्रममा छन्,” महतले भने ।

उनले आम जनताको दैनिक जीवनमा देखिएको ढिलासुस्ती, झमेलालगायत पारदर्शिताको अभावप्रति चिन्ता व्यक्त गरे । “आम नागरिकले प्राप्त गर्ने सेवा सुविधाको हकमा अझै त्यहाँ सुशासन भएको छैन। अनेकौं झमेला, ढिलासुस्ती र पारदर्शिताको अभावमा जनताले अझै पनि दुःख पाइरहेका छन्,” उनले भने । प्रवक्ता महतले यस्ता समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।  

सम्बन्धित समाचार