Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

नेप्सेमा ३४.६१ अंकको वृद्धि, १४ अर्ब माथिको सेयर कारोबार

नेप्सेमा ३४.६१ अंकको वृद्धि, १४ अर्ब माथिको सेयर कारोबार

अर्थ प्लस
नेप्सेमा ३४.६१ अंकको वृद्धि, १४ अर्ब माथिको सेयर कारोबार

काठमाडौं- साताको चौथो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ३४.६१ अंकले बढेर २७९४.७८ को विन्दुमा कायम भएको छ । 

नेप्सेमा यसदिन ३३० कम्पनीको ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ३ करोड माथिको सेयर कारोबार भएको छ । 

आज केबिएल डिबेञ्चरका इकाईधनी र थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८.४१ प्रतिशतका दरले कमाएका छन् । 

माईखोला हाइड्रोपावरका लगानीकर्ताले आज सर्वाधिक ७.८७ प्रतिशतका दरले गुमाए ।

यसदिन बुटवल पावर कम्पनीको सर्वाधिक ६१ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा राधि विद्युत कम्पनीको ५६ करोड ६९ लाख रुपैयाँ र तेस्रोमा सानिमा माई हाइड्रोपावरको ३९ करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
 

सम्बन्धित समाचार