Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा उछाल, नेप्सेमा ७५ अंकको वृद्धिसँगै १६ अर्ब माथिको कारोबार

आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा उछाल, नेप्सेमा ७५ अंकको वृद्धिसँगै १६ अर्ब माथिको कारोबार

अर्थ प्लस
आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा उछाल, नेप्सेमा ७५ अंकको वृद्धिसँगै १६ अर्ब माथिको कारोबार

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो तथा साताको अन्तिम कारोबार दिन सेयर बजार नेप्से परिसूचक ७५.८४ अंकले बढेर २८७०.६३ को विन्दुमा कायम भएको छ । 

नेप्सेमा दिनभरिमा ३११ कम्पनीको ३ करोड ८६ लाख ३४ हजार ३५० कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ५९ करोडमाथिको शेयर कारोबार भएको छ । 

आज ट्रेड टावर कम्पनीका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै शुभम पावर र थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले आज ९.९९प्रतिशतका दरले कमाएका छन् । 

एनआइबिएल स्टेबल फन्डका इकाईधनीले आज ७ प्रतिशतका दरले गुमाए।

यसदिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ८४ करोड ४२ लाख रुपैयाँको सेर कारोबार भएको छ । दोस्रोमा बुटवल पावरको ६० करोड ६८ लाख रुपैयाँ र तेस्रोमा राधि विद्युत कम्पनीको ५६ करोड ७४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सम्बन्धित समाचार