Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

धितोपत्र बोर्डले शिव श्री हाइड्रोपावरलाई दियो हकप्रद सेयर निष्कासनको अनुमति

धितोपत्र बोर्डले शिव श्री हाइड्रोपावरलाई दियो हकप्रद सेयर निष्कासनको अनुमति

अर्थ प्लस
धितोपत्र बोर्डले शिव श्री हाइड्रोपावरलाई दियो हकप्रद सेयर निष्कासनको अनुमति

काठमाडौं- नेपाल धितोपत्र बोर्डले शिव श्री हाइड्रोपावर लिमिटेडलाई हकप्रद सेयर निष्कासनका लागि अनुमति दिएको छ।

बोर्डले शिव श्री हाइड्रोपावरलाई १ बराबर १ कित्ताको अनुपातमा १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो।

कम्पनीको हकप्रद सेयरको प्रतिकित्ता मूल्य १०० रुपैयाँ भएकाले यसबाट कम्पनीले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ उठाउनेछ। 

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन क्यापिटल लिमिटेड रहेको छ।

सम्बन्धित समाचार