Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

नेप्सेमा २१.७६ अंकको वृद्धि, १६ अर्ब ३२ करोडको कारोबार

नेप्सेमा २१.७६ अंकको वृद्धि, १६ अर्ब ३२ करोडको कारोबार

अर्थ प्लस
नेप्सेमा २१.७६ अंकको वृद्धि, १६ अर्ब ३२ करोडको कारोबार

काठमाडौं- साताको दोस्रो कारोबार दिन सेयर बजार नेप्से परिसूचक २१.७६ अंकले बढेर २८९२.७२ को विन्दुमा बन्द भएको छ ।

नेप्सेमा यसदिन ३११ कम्पनीको ३ करोड ५६ लाख ४९ हजार २११ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ३२ करोड माथिको सेयर कारोबार भएको छ । 

आज थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, ट्रेड टावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । 

आज ग्रिन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले गुमाए । 

यसदिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ७५ करोड ६६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा हिमालयन रिइन्स्योरेन्सको ७५ करोड २८ लाख रुपैयाँ र तेस्रोमा बुटवल पावर कम्पनीको ५६ करोड ७९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सम्बन्धित समाचार