Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

नेपाल इन्स्योरेन्सले हकप्रद बिक्री खुलायो

नेपाल इन्स्योरेन्सले हकप्रद बिक्री खुलायो

अर्थ प्लस
नेपाल इन्स्योरेन्सले हकप्रद बिक्री खुलायो

काठमाडौं। नेपाल इन्स्योरेन्स कम्पनीले आजदेखि ३४.७८३ प्रतिशत हकप्रद सेयर बिक्री खुलाएको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद सेयर १० बराबर ३४.७८३ को अनुपातमा निष्कासन गरेको हो। कम्पनीको हकप्रदमा साउन २६ सम्म आवेदन दिन सकिनेछ।

सेयरधनीले बिक्री प्रबन्धक एनआइएमबीएस क्यापिटलको लाजिम्पाटस्थित केन्द्रीय कार्यालयसहित पोखराको चिप्लेढुंगा, बुटवलको ट्राफिक चोक, वीरगञ्जको आदर्शनगर र विराटनगरको गोल्छाचोकमा रहेको शाखाबाट आवेदन दिन सक्ने कमपनीको सूचनामा उल्लेख छ।

सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै मेरो सेयरमार्फत पनि अनलाइन आवेदन दिन सकिनेछन्।

कम्पनीले बिमा प्राधिकरणले तोकेको चुक्ता पुँजी पुर्याउन हकप्रद निष्कासन गरेको हो। हाल चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँ रहेकामा हकप्रदपछि यस्तो पुँजी २ अर्ब ५४ करोड ८५ लाख ७५ हजार पुग्नेछ।

हकप्रद निष्कासनका लागि कम्पनीले गत जेठ ३० मै बुक क्लोज गरिसकेको छ।

सम्बन्धित समाचार