Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

रिभर फल्स पावरलाई शतप्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति

रिभर फल्स पावरलाई शतप्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति

अर्थ प्लस
रिभर फल्स पावरलाई शतप्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिभर फल्स पावर लिमिटेडलाई शतप्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति दिएको छ ।

प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता हकप्रद शेयर निष्कासनका लागि बोर्डले अनुमति दिएको हो । शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ४० करोड रुपैयाँ कायम हुनेछ । कम्पनीको हकप्द शेयर निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । यस कम्पनीले बैंकको ऋण भुक्तानीका लागि ऋणपत्र निष्कासन गर्न लागेको हो ।

हाल कम्पनीको चुक्तापूँजी ७० करोड रुपैयाँ रहेको छ ।

सम्बन्धित समाचार