Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

नेप्सेमा २.०७ अंकको गिरावट, १९ अर्ब ३६ करोडमा झर्‍यो कारोबार

नेप्सेमा २.०७ अंकको गिरावट, १९ अर्ब ३६ करोडमा झर्‍यो कारोबार

अर्थ प्लस
नेप्सेमा २.०७ अंकको गिरावट, १९ अर्ब ३६ करोडमा झर्‍यो कारोबार

काठमाडौं, साउन १२ - साताको दोस्रो कारोबार दिन सेयर बजार नेप्से परिसूचक २.०७ अंकले घटेर २९६२.१३ को विन्दुमा कायम भएको छ ।

नेप्सेमा यसदिन ३२१ कम्पनीको ४ करोड ४१ लाख २४ हजार ९२४ कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ३६ करोड माथिको सेयर कारोबार भएको छ । 

आज समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक ९.९९ प्रतिशतका दरले कमाएका छन् । यस्तै, सान्भी इनर्जीका लगानीकर्ताले ९.९२ प्रतिशत र ट्रेड टावरका लगानीकर्ताले ९.५३ प्रतिशतका दरले कमाएका छन् ।

विन्ध्यावासीनी हाइड्रोपावरका लगानीकर्ताले आज सर्वाधिक ८.४९ प्रतिशतका दरले गुमाए ।

यसदिन शिवम् सिमेन्टको सर्वाधिक ९२ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा हिमालयन डिष्टिलरीको ७६ करोड ९९लाख रुपैयाँ र तेस्रोमा ङादी ग्रुप पावरको ५७ करोड ९७लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सम्बन्धित समाचार