Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

विकास बैंक समूहमा ऐतिहासिक उछाल, हाइड्रोपछि बनायो नयाँ रेकर्ड

विकास बैंक समूहमा ऐतिहासिक उछाल, हाइड्रोपछि बनायो नयाँ रेकर्ड

अर्थ प्लस
विकास बैंक समूहमा ऐतिहासिक उछाल, हाइड्रोपछि बनायो नयाँ रेकर्ड

काठमाडौं, साउन १२ । विकास बैंक समूहले नयाँ रेकर्ड बनाएको छ । नेप्सेको फ्लोरसिटअनुसार यो समूह हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।  

आजसम्म विकास बैंक समूह ६ हजार ५६८ विन्दुमा पुगेको छ । जुन यो हालसम्मकै उच्च हो । यसअघि २०७८ भदौ २ गते यो समूह ६ हजार ४१८ विन्दुमा पुगेको थियो ।

आज विकास बैंक समूहको २ अर्ब ९८ करोड रुपैयाँमाथिका सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी विकास बैंक समूह ३.०४ प्रतिशतले बढ्दा सबै बैंकको सेयरभाउ बढ्न पुगेको छ ।  

पछिल्लो समय विकास बैंक समूहअन्तर्गत लो क्यापमा गनिने बैंकहरुमा लगानीकर्ता बढी आकर्षित छन् । ग्रीन डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी र सिन्धु विकास बैंक जस्ता बैंकहरुको सूचीकृत सेयर संख्या थोरै भएकाले विकास बैंक समूहको चार्म बढ्दो छ ।  

यसअघि गत साउन ८ गते हाइड्रो समूह पनि हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । सो दिनसम्म हाइड्रो समूह ३ हजार ९४१.९५ विन्दुमा पुगेको थियो । यसअघि २०७८ भदौ २ गते हाइड्रो समूह ३ हजार ८७७ को विन्दुमा पुगेको थियो ।

 
 

सम्बन्धित समाचार