Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

यूनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?

यूनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?

अर्थ प्लस
यूनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?

काठमाण्डौ, साउन १३ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले १९ हजार ८८२ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

यो सेयर  खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २१५ रुपैयाँ निर्धारण गरिएको छ । विद्यमान संस्थापकहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र सुन्धारामा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।  

निर्धारित मितिभित्र कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीसलाई सेयर बिक्रीको प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ । 

सम्बन्धित समाचार