Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

नेप्सेमा सर्वोत्तम सिमेन्टको शेयर सुचिकृत भएको छ, ओपनिङ रेन्ज कति होला?

नेप्सेमा सर्वोत्तम सिमेन्टको शेयर सुचिकृत भएको छ, ओपनिङ रेन्ज कति होला?

अर्थ प्लस
नेप्सेमा सर्वोत्तम सिमेन्टको शेयर सुचिकृत भएको छ, ओपनिङ रेन्ज कति होला?

काठमाडौं, ५ चैत । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सर्वोत्तम सिमेन्टको शेयर सुचिकृत भएको छ । आज सोमबार कम्पनीको ४ करोड ६५ लाख कित्ता शेयर सुचिकृत भएको हो ।

सुचिकृत भएको ४ करोड ६५ कित्ता शेयर मध्ये संस्थापक समुहको ८७.०९६ प्रतिशत अर्थात् ४ करोड ५ लाख कित्ता रहेको छ । बाँकि रहेको १२.९०३ प्रतिशत अर्थात् ६० लाख कित्ता शेयर योग्य संस्थागत लगानीकर्ता, आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली र आम नेपाली नागरिकलाई निष्काशन गरिएको हो ।

शेयर सुचिकृत भएसंगै मंगलबारबाट कम्पनीको शेयर कारोबार हुन सक्ने छ । मंगलबारको स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको शेयर कारोबार हुने छ ।

नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारको लागि १८५.३६ रुपैयाँ देखि ५५६.०८ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको छ ।

 

सम्बन्धित समाचार