Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

साताको अन्तिम कारोबार दिन पनि घट्यो सेयर बजार

साताको अन्तिम कारोबार दिन पनि घट्यो सेयर बजार

अर्थ प्लस
साताको अन्तिम कारोबार दिन पनि घट्यो सेयर बजार

काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार गिरावट आएको छ।

बुधबार ४८ अंकले गिरावट भएको नेपाल स्टक एक्चेञ्ज (नेप्से) आज ३१.५० अंकले गिरावट आएको हो। योसँगै सेयर बजार २९२२.६३ विन्दुमा पुगेर बन्द भएको छ। 

आज कारोबार रकम पनि घटेकाे छ। अघिल्लो दिनको तुलनामा घटेकाे कारोबार रकम आज १५ अर्ब ९८ कराेड पुगेको हो। यसअघि बुधबार १६ अर्ब ४४ करोडभन्दा बढी कारोबार रकम पुगेकाे थियाे।

कारोबारका आधारमा आज ५२ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १९८ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। 

सम्बन्धित समाचार