Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

अबका युवा सूचना प्रविधिको क्षेत्रमा अब्बल हुनुपर्छः मन्त्री गुरुङ

अबका युवा सूचना प्रविधिको क्षेत्रमा अब्बल हुनुपर्छः मन्त्री गुरुङ

अर्थ प्लस
अबका युवा सूचना प्रविधिको क्षेत्रमा अब्बल हुनुपर्छः मन्त्री गुरुङ

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अबका युवाले सूचना प्रविधिको क्षेत्रमा अब्बल भई सिर्जनात्मक भविष्य बनाउनमा जोड दिनुपर्ने बताएका छन्।

आज कान्तिपुर सिटी कलेजमा आयोजित ‘केसिसी एक्जिविसन–२०२५’ को उद्घाटन गर्दै मन्त्री गुरुङले देशलाई सूचना प्रविधिमा दक्ष जनशक्तिको आवश्यकता रहेको उल्लेख गर्दै सूचना प्रविधिमा रोजगारको प्रशस्त सम्भावना रहेको बताए। 

सूचना प्रविधिको क्षेत्रमा भएको विकासले विभिन्न देश धेरै अगाडि पुगेका उनको भनाइ थियो। “नेपालमा सूचना प्रविधिका विकासका थुप्रै सम्भावना छन् तर, प्रशस्त जनशक्तिको अभाव, प्रभावकारी नीतिको अभाव र सूचना प्रविधिको संरचनाको कमीका कारण व्यवहारमा उतार्न चुनौती खेप्नुपरेको छ”, सञ्चारमन्त्री गुरुङले भने।

सूचना प्रविधिको क्षेत्रमै भविष्यको लक्ष्य निर्धारण गरेर अब्बल बन्छु भन्ने सिर्जनशील युवाका लागि नेपालमै रोजगार पाउने अवसर विस्तारै राज्यले निर्माण गर्ने उनले विश्वास दिलाए।

“यो वर्ष हामी सूचना प्रविधि सम्बन्धी संरचना निर्माण गर्नेदेखि फोर जी घर घर पु¥याउने र फाइभ जी लञ्च गर्ने भएका छौँ”, नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले भने, “अबको विकास भनेको सूचना प्रविधिको समृद्धि नै हो।”

सम्बन्धित समाचार