Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

आम्दानी बढेसँगै मनकामना इन्जिनियरिङको घाटा घट्यो, वित्तीय सूचकहरू कस्ता छन्?

आम्दानी बढेसँगै मनकामना इन्जिनियरिङको घाटा घट्यो, वित्तीय सूचकहरू कस्ता छन्?

अर्थ प्लस
आम्दानी बढेसँगै मनकामना इन्जिनियरिङको घाटा घट्यो, वित्तीय सूचकहरू कस्ता छन्?

काठमाण्डौ । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको आम्दानी बढेसँगै घाटामा कमी आएको छ । कम्पनीले गत गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ करोड ७ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ४ करोड १६ लाख घाटा व्यहोरेको थियो ।  

कम्पनीले यो अवधिसम्म विद्युत बिक्रीमार्फत १२ करोड ३ लाख आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १०.११ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले विद्युत बिक्रीमार्फत १० करोड ९३ लाख कमाएको थियो । यो अवधिमा कम्पनीको कर्मचारी खर्च ३३ लाख ९० हजार, प्रशासनिक खर्च २ करोड १२ लाख रुपैयाँ र वित्त खर्च ६ करोड ७८ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिमा कम्पनीको रिटेन्ड अर्निङ २८ करोड ९८ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ४ करोड २८ लाख र कुल चालु दायित्व ७ करोड ४ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी २.६० रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ ६३.७७ रुपैयाँ, मूल्य आम्दानी अनुपात २६२.८२ गुणा र तरलता अनुपात ०.६१ प्रतिशत कायम भएको छ । 

सम्बन्धित समाचार