Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

नेपाल माइक्रो इन्स्योरेन्सको १.१२ लाख कित्ता सेयरको लक इन अवधि भदौमा समाप्त हुने

नेपाल माइक्रो इन्स्योरेन्सको १.१२ लाख कित्ता सेयरको लक इन अवधि भदौमा समाप्त हुने

अर्थ प्लस
नेपाल माइक्रो इन्स्योरेन्सको १.१२ लाख कित्ता सेयरको लक इन अवधि भदौमा समाप्त हुने

काठमाण्डौ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको लक इन समयावधि आगामी भदौ महिनामा समाप्त हुने भएको छ । कम्पनीले जारी गरेको कुल २२ लाख ५० हजार कित्ता सेयरमध्ये सामुहिक लगानी कोषका लागि छुट्टाइएको ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५ सय कित्ता सेयरको लक इन अवधि भदौ २२ गते समाप्त हुन लागेको हो ।  

सामुहिक लगानी कोषका लागि बाँडफाँड गरिएको सेयर ६ बाँडफाँड गरिएको मितिले ६ महिनासम्म लक इनमा राख्नुपर्ने प्रावधान रहेको छ । कम्पनीले २०८१ फागुन ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरका १८ लाख ४५ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि जारी गरेको थियो । उक्त आईपीओ बाँडफाँड फागुन २३ गते भएको थियो । 

सम्बन्धित समाचार