Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

पब्लिक कम्पनीमा रुपान्तरण भयो नेक्सजेन म्यानेजमेन्ट, आईपीओ निष्कासन गर्ने

पब्लिक कम्पनीमा रुपान्तरण भयो नेक्सजेन म्यानेजमेन्ट, आईपीओ निष्कासन गर्ने

अर्थ प्लस
पब्लिक कम्पनीमा रुपान्तरण भयो नेक्सजेन म्यानेजमेन्ट, आईपीओ निष्कासन गर्ने

काठमाडौं- सम्पत्ति व्यवस्थापन कम्पनीको तयारीमा रहेको नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स् पुँजी वृद्धि गर्दै पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयको गत आषाढ २७ को निर्णयबाट कम्पनीको अधिकृत पुँजी १ अर्ब र जारी पुँजी ५० करोड पुगेको छ । त्यसै गरी सोही मितिबाट कम्पनी पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरिएको छ ।

२०८२ वैशाख २२ मा सम्पन्न कम्पनीको विशेष साधारण सभाले पुँजी वृद्धिसहित लिमिटेड कम्पनीमा परिवर्तन हुने निर्णय गरेको थियो । सर्वसाधारणलाई कम्पनीमा समावेश गर्ने गरी ३० प्रतिशत सेयर सर्वसाधारणको लागि छुट्ट्याएको छ ।

नेक्सजेन म्यानेजमेन्ट बैंक तथा वित्तीय संस्थाको निष्कृय कर्जा र गैह्र बैंकिङ सम्पत्ति व्यवस्थापन गर्ने गरी पूर्व बैंकरहरूबाट सञ्चालित कम्पनी हो ।

सम्बन्धित समाचार