Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

स्वावलम्बन लघुवित्तद्वारा पुरानो नगद लाभांश संकलन गर्न सेयरधनीलाई आग्रह

स्वावलम्बन लघुवित्तद्वारा पुरानो नगद लाभांश संकलन गर्न सेयरधनीलाई आग्रह

अर्थ प्लस
स्वावलम्बन लघुवित्तद्वारा पुरानो नगद लाभांश संकलन गर्न सेयरधनीलाई आग्रह

काठमाडौं- स्वावलम्बन लघुवित्तले पाँच वर्षभन्दा पुरानो नगद लाभांश अझै नलिएका सेयरधनीलाई यथाशीघ्र लिन आग्रह गरेको छ।

संस्थाले आर्थिक वर्ष २०६३/६४ देखि २०७५/७६ सम्मका लाभांश लिन बाँकी रहेका सेयरधनीहरूलाई सेयर प्रमाणपत्र र परिचयपत्रसहित ३५ दिनभित्र एनआइएमबि एस क्यापिटल, लाजिम्पाटमा सम्पर्क गर्न भनेको छ।

नियत समयभित्र लाभांश नलिएमा रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले जनाएको छ। बाँकी लाभांश विवरण कम्पनीको वेबसाइटमा हेर्न सकिन्छ।

त्यसैगरी, आर्थिक वर्ष २०७६/७७ देखि २०७९/८० सम्मको लाभांश पनि अझै नलिएका सेयरधनीलाई सम्पर्क गर्न संस्थाले अनुरोध गरेको छ।

सम्बन्धित समाचार