Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

सिद्धार्थ बैंकको वितरणयोग्य नाफा दोब्बरभन्दा बढी, अन्य सूचकहरूमा समेत उत्कृष्ट सुधार

सिद्धार्थ बैंकको वितरणयोग्य नाफा दोब्बरभन्दा बढी, अन्य सूचकहरूमा समेत उत्कृष्ट सुधार

अर्थ प्लस
सिद्धार्थ बैंकको वितरणयोग्य नाफा दोब्बरभन्दा बढी, अन्य सूचकहरूमा समेत उत्कृष्ट सुधार

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको प्रमुख वित्तीय सूचकहरु सुदृढ बनेका छन् । बैंकले सार्वजनिक गरेको गत आवको. चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुदा नाफा १०.२३ प्रतिशतले बढेको छ ।  

बैंकले समीक्षा अवधिसम्म ३ अर्ब ३९ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बेंकले ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानी पनि ६.४३ प्रतिशतले बढ्दै ८ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । 

यस्तै अघिल्लो आवमा १ अर्ब ४२ करोड रुपैयाँबराबर रहेको खुद शुल्क तथा कमिशन आम्दानी बढेर १ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । बैंकको खुद सञ्चालन आम्दानी ९ अर्ब ८४ करोड र सञ्चालन मुनाफा ५ अर्ब २ करोड रुपैयाँ रहेको छ ।  

बैंकको वितरणयोग्य मुनाफामा उल्लेख्य सुधार आएको छ । बैंकको वितरणयोग्ण्य मुनाफा १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २२०.९७ प्रतिशतले बढी हो । यस्तै बैंकको लाभांश क्षमता पनि ४.१२ प्रतिशतबाट बढेर १३.२२ प्रतिशत पुगेको छ ।  

बैंकको प्रतिसेयर आम्दानी पनि २१.८६ प्रतिशतबाट बढेर २४.१० प्रतिशत कायम भएको छ । अघिल्लो आवमा २ खर्ब ४१ अर्ब रुपैयाँ रहेको बैंकको निक्षेप संकलन बढेर २ खर्ब ८० अर्ब पुगेको छ । निक्षेप संकलन पनि १ खर्ब ९५ अर्बबाट बढेर २ खर्ब १४ अर्ब पुगेको छ ।  

खराब कर्जा अनुपात भने २.१७ प्रतिशतबाट बढेर २.६२ प्रतिशत पुगेको छ । यो अवधिमा बैंकको रिटेन्ड अर्निङ २२०.९७ प्रतिशतले बढेर १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । रिजर्भको आकार पनि १३ अर्ब ३९ करोड रुपैयाँबाट बढेर १५ अर्ब ४ करोड पुगेको छ ।  

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर नेटवर्थ २१९.९७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ४०४.४ रुपैयाँ, मूल्य आम्दानी अनुपात १५.९३ गुणा र तरलता अनुपात ३४.०१ प्रतिशत कायम भएको छ । 

सम्बन्धित समाचार