Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

नेशनल लाईफको ब्रान्च मेनेजर्स एनुअल कन्फ्रेन्स सम्पन्न

नेशनल लाईफको ब्रान्च मेनेजर्स एनुअल कन्फ्रेन्स सम्पन्न

अर्थ प्लस
नेशनल लाईफको ब्रान्च मेनेजर्स एनुअल कन्फ्रेन्स सम्पन्न

शुक्रवार, साउन २३ २०८२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ४ दिने ब्रान्च मेनेजर्स एनुअल कन्फ्रेन्स धुलिखेल स्थित होटल दुषित थानी हिमालयन रिसोर्टमा सम्पन्न गरेको छ । आव २०८१/८२ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पुरा गर्ने शाखाहरुलाई सम्मान र पुरस्कृत गर्ने तथा जीवन बीमा व्यवसाय संग सम्वन्धित वर्तमान पाटोबारे विवेचनागरी आगामी वर्षको लागि स्पष्ट खाका कोर्ने उदेश्यले कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको सभापतित्वमा सम्मेलन आयोजना गरिएको थियो ।

अध्यक्ष लक्ष्मी सिंहले सोसम्मेलनमा विभागिय प्रमुख तथा देशै भरीबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरु गरी १५० जना भन्दा बढिको सहभागिता रहेको थियो । अध्यक्ष सिंहले जीवन बीमा व्यवसाय प्रतिस्पर्धात्मक हुँदै गैरहेको स्थितीमा आफ्नो दक्षता र मेहनतले कम्पनीको व्यवसाय वृद्धि गर्नुपर्ने दायित्व बढेको बताइन ।

सम्मेलनमा सहभागि भएका कर्मचारीहरलाई व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न उदाहरण प्रस्तुत गर्दै पूर्वबैंकर अनिल केशरी शाहले नेतृत्व विकास सम्बन्धमा उत्प्रेरणा तालिम प्रदान गरेका थिए । यसै गरी नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका उप निर्देशक पदम प्रसाद सोडारीले सम्पती शुद्धिकरण सम्वन्धमा प्रशिक्षण प्रदान गरेका थिए । विभिन्न बहानामा सम्पत्ती शुद्धिकरण गर्ने कार्य बढ्दै गएकोले यस तर्फ सचेत रहन पनि उनले आग्रह गरे ।

सांगितिक प्रस्तुती तथा कर्मचारीहरु बिच टग अफ वार, फुटसल प्रतियोगिता जस्ता मनोरन्जनात्मक कार्यक्रमहरु समावेश गरिएको सो सम्मेलनमा आ.व. २०८१/८२ मा उत्कृष्ट ठहरिएका शाखा कार्यालयहरु लगाएत बार्षिक लक्ष्य पुरा गर्ने शाखा कार्यालयहरु र विभिन्न विधामा उत्कृष्ट रहेका शाखा कार्यालयहरुलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सम्मान तथा पुरस्कृत गरेका थिए ।

 
 

सम्बन्धित समाचार