Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

नेपाल बैंकले धितो राखेको जग्गा तथा फर्म लिलामी गर्दै

नेपाल बैंकले धितो राखेको जग्गा तथा फर्म लिलामी गर्दै

अर्थ प्लस
नेपाल बैंकले धितो राखेको जग्गा तथा फर्म लिलामी गर्दै

काठमाडौं, ७ चैत । नेपाल बैंक लिमिटेडले बैंकको धितो सुरक्षणमा रहेको घरजग्गा लिलामीको ३५ दिने सूचना निकालेको छ ।

बैंककाअनुसार कर्जाहरुको भुक्तानी म्याद समाप्त भई कर्जा चुक्ता गर्नका लागि तरताकेता गर्दा समेत हालसम्म पनि कर्जा चुक्ता नभएकाले सुरक्षणमा राखिएको चलअचल जग्गा र सोले चर्चेको समपूर्ण लिगलगापात समेत जेजस्तो अवस्थामा छ ।

सोही अवस्थामा शिलबन्दी बोलपत्रमार्फत लिलाम गर्न लागिएको हो ।बैंकको विभिन्न शाखाबाट कर्जा लिएका ऋणीहरुले साँवा, ब्याज आदि नतिरेपछि बैंकले अन्तिम मौका दिदै सम्बन्धित शाखामा सम्पर्क राखी ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको छ ।

तोकिएको समयभित्र कर्जा चुक्ता नगरेमा धितोमा रहेको सम्पत्ति बैंकले लिलाम गरी बिक्री गर्ने जनाएको छ ।

सम्बन्धित समाचार