Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

सर्वाधिक कारोबार गर्ने आजका टप १० ब्रोकरमध्ये ६ ले गरे ठूलो खरिद

सर्वाधिक कारोबार गर्ने आजका टप १० ब्रोकरमध्ये ६ ले गरे ठूलो खरिद

अर्थ प्लस
सर्वाधिक कारोबार गर्ने आजका टप १० ब्रोकरमध्ये ६ ले गरे ठूलो खरिद

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा ६ अर्ब १६ करोड रुपैयााँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने शीर्ष १० ब्रोकर कम्पनीहरुमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।  

उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज र डायनामिक मनि म्यानेजर्स रहेका छन् ।  

त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज, श्रीहरि सेक्युरिटिज, सुमेरु सेक्युरिटिज र भृकुटी स्टक ब्रोकिङ कम्पनी रहेका छन् ।  

आज सर्वाधिक कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट मात्रै आज ५९ करोड ३६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५०.९२ प्रतिशत सेयर खरिद भएको छ भने ४९.०८ प्रतिशत सेयर बिक्री भएको छ ।

689c88ea15c2d.png
undefined

सम्बन्धित समाचार