Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

३५ करोड नाफासहित सानिमा जिआइसी इन्स्योरेन्स, इपीएस पनि सार्वजनिक

३५ करोड नाफासहित सानिमा जिआइसी इन्स्योरेन्स, इपीएस पनि सार्वजनिक

अर्थ प्लस
३५ करोड नाफासहित सानिमा जिआइसी इन्स्योरेन्स, इपीएस पनि सार्वजनिक

काठमाण्डौ । सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले गत आवको अन्त्यसम्म ३५ करोड ३ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । कम्पनीको यो नाफा अघिल्लो आवको तुलनामा १०.१३ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले ३१ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको कुल आम्दानी घटेसँगै यता कुल खर्च घट्न पुग्दा नाफामा सुधार देखिएको हो । 

कम्पनीको गत आवमा कुल आम्दानी २.७१ प्रतिशतले बढेर १ अर्ब ४७ करोड ६८ लाख रुपैयाँ पुगेको छ । साथै कम्पनीको कुल खर्च २.०५ प्रतिशतले घटेर ९७ करोड ६३ लाख रुपैयाँमा कायम भएको छ । अघिल्लो आवमा कम्पनीको कुल खर्च ९९ करोड ६७ लाख रुपैयाँ थियो । कम्पनीको नाफासँगै व्यवसायमा पनि सामान्य सुधार देखिएको छ ।

अघिल्लो आवमा २ अर्ब ५१ करोड २२ लाख रुपैयाँ प्रिमिमय संकलन गरेको यो कम्पनीले गत आवमा १.३३ प्रतिशत व्यवसाय बढाएर २ अर्ब ५४ करोड ५६ लाख रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको छ । कम्पनीले सो अवधिसम्म १ अर्ब १५ करोड ५३ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी दिएको छ । यो दाबी भुक्तानी रकम अघिल्लो आवको तुलनामा २७.५३ प्रतिशत बढी हो । 

कम्पनीको चुक्तापूँजी ७.५० प्रतिशतले बढेर २ अर्ब १५ करोड रुपैयाँ, महाविपत्ती कोषको आकार २३.२४ प्रतिशत बढेर ४ करोड ६४ लाख, रिटेन्ड अर्निङ ०.९३ प्रतिशत बढेर १८ करोड ३२ लाख र बीमा कोषको आकार २२.२९ प्रतिशत बढेर ४ अर्ब ४ करोड ४६ लाख रुपैयाँ संचित गर्न सफल भएको छ । सो अवधिसम्म कम्पनीको बीमालेख संख्या १ लाख ४८ हजार १७ रहेकोमा कम्पनीको इपीएस ०.३९ रुपैयाँ बढेर १६.३० रुपैयाँ पुगेको छ भने नेटवर्थ १५२.१२ रुपैयाँ र पीई रेसियो ३७.४३ गुणा रहेको छ ।

सम्बन्धित समाचार