Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

श्वेत गंगा हाईड्रोपावरको वित्तीय सुधार, ६८ करोडभन्दा बढी आम्दानी

श्वेत गंगा हाईड्रोपावरको वित्तीय सुधार, ६८ करोडभन्दा बढी आम्दानी

अर्थ प्लस
श्वेत गंगा हाईड्रोपावरको वित्तीय सुधार, ६८ करोडभन्दा बढी आम्दानी

काठमाण्डौ, साउन २९ । श्वेत गंगा हाईड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको घाटामा उल्लेख्य कमी आएको छ । कम्पनीले गत आवको चौथो त्रेमाससम्म ५७ लाख ८९ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी १६ करोड ६० लाख रुपैयाँ घाटामा थियो ।  

कम्पनीले ६८ करोड ५५ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३.५५ प्रतिशतले बढी हो । कम्पनीको प्रशासनिक तथा अन्य सञ्चालन खर्च २६ करोड ३४ लाख रुपैयाँ र वित्त खर्च ४२ करोड २८ लाख रहेको छ

।  

कम्पनीको रिटेन्ड अर्निङ ४५ करोड ४ लाख रुपैयाँले ऋणात्मक र रिजर्भको आकार २६ लाख १५ हजार रुपैयाँले धनात्मक छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)०.३६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ७१.८८ रुपैयाँ, मूल्य आम्दानी अनुपात १०९१.८० गुणा र तरलता अनुपात ०.३८ प्रतिशत कायम भएको छ ।  

सम्बन्धित समाचार