Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

मकर जितुमाया सुरीले अघिल्लो घाटा पन्छाउँदै ४.९४ करोड नाफा कमायो

मकर जितुमाया सुरीले अघिल्लो घाटा पन्छाउँदै ४.९४ करोड नाफा कमायो

अर्थ प्लस
मकर जितुमाया सुरीले अघिल्लो घाटा पन्छाउँदै ४.९४ करोड नाफा कमायो

काठमाण्डौ । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडले गत आवको चौथो त्रैमाससम्म ४ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ३३ लाख ४ हजार रुपैयाँ घाटामा थियो ।  

कम्पनीले समीक्षा अवधिसम्म ३७ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४७.७३ प्रतिशतले बढी हो ।  

यो अवधिमा कम्पनीको कर्मचारी खर्च १ करोड ९९ लाख,प्रशासनिक तथा अन्य सञ्चालन खर्च २ करोड ४७ लाख र वित्त खर्च १८ करोड १५ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पानीको वित्त खर्च १६ करोड ३९ लाख रहेको थियो ।  

कम्पनीको रिटेन्ड अर्निङको आकार ३ करोड ५६ लाख रुपैयाँ रहेको छ । यो अवधिमा कम्पनीको कुल चालु सम्पत्ति १० करोड ९६ लाख र कुल चालु दायित्व ३४ लाख ६० हजार रुपेयाँ छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)६.५१ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ १०४.६९ रुपैयाँ र रिर्टन अन इक्विटी ६.२२ प्रतिशत कायम भएको छ ।

सम्बन्धित समाचार