Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

पूँजीबजार राजस्व संकलनमा सुधार : पहिलो महिनामै २ अर्ब १५ करोड, अल्पकालीन लगानीकर्ताले तिरे बढी कर

पूँजीबजार राजस्व संकलनमा सुधार : पहिलो महिनामै २ अर्ब १५ करोड, अल्पकालीन लगानीकर्ताले तिरे बढी कर

अर्थ प्लस
पूँजीबजार राजस्व संकलनमा सुधार : पहिलो महिनामै २ अर्ब १५ करोड, अल्पकालीन लगानीकर्ताले तिरे बढी कर

काठमाण्डौ । सरकारले यस आर्थिक वर्षको पहिलो महिनामा पूँजी बजारबाट २ अर्ब १५ करोड ७५  लाख ६९ हजार रुपैयाँबराबरको राजश्व संकलन गरेको छ । सीडीएससीले दिएको तथ्यांकअनुसार सरकारले संकलन गरेको यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा भने कम हो । अघिल्लो आर्थिक वर्षमा सरकारले साउन महिनामा करिब ४ अर्ब २४ करोड रुपैयाँ राजश्व संकलन गरेको थियो ।  

चालु आवको पहिलो महिनामा सबैभन्दा बढी कर तिर्नेमा अल्पकालिन कारोबारी देखिएका छन् । यो अवधिमा अल्पकालिन लगानीकर्ताहरुले  १ अर्ब २१ करोड ४१ लाख रुपैैयाँबराबरको कर तिरेका छन् भने दीर्घकालिन लगानीकर्ताहरुले ६५ करोड २ लाख तिरका छन् ।  

यस अवधिमा संस्थागत लगानीकर्ताहरुले २९ करोड ३१ लाख कर तिरेका छन् । गत महिना २ अर्ब बढी राजश्व उठ्नुको कारण पूँजीबजार चलायमान हुनु तथा प्राथमिक सेयरको निष्कासन दोस्रो बजारमा आएसँगै लगानीकर्ताले सेयर बेच्नु हो ।  

धितोपत्र ऐनअनुसार एक वर्ष भन्दा कम समय अवधिमा सेयर बेच्नेलाई अल्पकालिन र एक वर्षभन्दा बढी समय अवधिमा सेयर बेच्नेलाई दीर्घकालिन लगानीकर्ता भनेर छुट्टाइएको छ । जसअनुसार अल्पकालिन लगानीकर्ताले ७.५ प्रतिशत र दीर्घकालिन लगानीकर्ताले ५ प्रतिशत कर तिर्दै आएका छन् । संस्थागत लगानीकर्ताहरुले भने हाल १० प्रतिशत कर तिर्दै आएका छन् ।  

सम्बन्धित समाचार