Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

प्रभु बैंकले देशैभर सम्पन्न गर्यो वित्तिय साक्षरता कार्यक्रम

प्रभु बैंकले देशैभर सम्पन्न गर्यो वित्तिय साक्षरता कार्यक्रम

अर्थ प्लस
प्रभु बैंकले देशैभर सम्पन्न गर्यो वित्तिय साक्षरता कार्यक्रम

काठमाडौँ, १४ चैत । प्रभु बैंक लिमिटेडले ‘ग्लोबल मनी विक–२०२४’ अन्तर्गत सातै प्रदेशमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। बैंकले यहि चैत ५ देखि चैत ११ सम्म आफ्ना देशभरका शाखा संजाल मार्फत वित्तिय साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरेको हो।

वित्तिय साक्षरता अन्तर्गत बैंकले साईकल –र्याली, बालबालिका र युवालक्षित चेतनामूलक कार्यक्रमहरु तथा प्रभातफेरी आयोजना गरेको छ। बैंकले ग्लोबल मनी विक सम्बन्धि विश्वब्यापी विषयवस्तुमा केन्द्रित भई विभिन्न समुदाय,महिला र बालबालिका, स्कुल तथा कलेजहरुमा आधुनिक बैंकिङ्ग (आर्थिक कारोवार बैंक तथा वित्तीय संस्थाबाट मात्र गरौं), बचत, ऋण, लगानी, विद्युतीय बैंकिङ्ग सेवा र यसमा अपनाउनुपर्ने सावधानीहरु समावेश गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।

बैंकले आफ्नो आधिकारीक सामाजिक सञ्जालबाट समेत यस सम्बन्धमा सचेतना अभिबृद्धि गर्दै आएको छ । अज्ञात स्रोतबाट प्राप्त लिंक कतै नखोल्न, संंवेदनशिल विवरण शेयर नगर्न, डिजिटल ठगीबाट सुरक्षित रहन समेत विभिन्न सूचनाहरु सम्प्रेषण गर्दै आएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले सातै प्रदेश अन्र्तगत वित्तीय साक्षरता कार्यक्रम अगाडी बढाएको छ ।

सम्बन्धित समाचार