Logo

Oct 30 2026 | २०८३, कात्तिक १४गते

images

सिद्धार्थ बैंकका ग्राहकहरूले हिमालयन फ्रन्ट होटेलमा विशेष छुट पाउने

सिद्धार्थ बैंकका ग्राहकहरूले हिमालयन फ्रन्ट होटेलमा विशेष छुट पाउने

अर्थ प्लस
सिद्धार्थ बैंकका ग्राहकहरूले हिमालयन फ्रन्ट होटेलमा विशेष छुट पाउने

काठमाडौं । सिद्धार्थ बैंक र हिमालयन फ्रन्ट होटेल प्रा.लि.बिच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार पोखरा स्थित हिमालयन फ्रन्ट होटेलमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ ।

यस सम्झौताले ग्राहकहरूलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’मा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ । 

सम्बन्धित समाचार