Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

बैंकिङ्ग क्षेत्रका लगानीकर्ताहरु निराश, आईपीओको मूल्यमै पाइन थाल्यो बैंकको शेयर (सूचीसहित)

बैंकिङ्ग क्षेत्रका लगानीकर्ताहरु निराश, आईपीओको मूल्यमै पाइन थाल्यो बैंकको शेयर (सूचीसहित)

अर्थ प्लस
बैंकिङ्ग क्षेत्रका लगानीकर्ताहरु निराश, आईपीओको मूल्यमै पाइन थाल्यो बैंकको शेयर (सूचीसहित)

काठमाडौँ, १४ चैत । कारोबार साताको चौथो दिन अथवा बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । बुधबार शेयर बजार १० दशमलव ८३ अंकले घटेर २०३० दशमलव ८६ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार घटेसँगै बैंकिङ्ग उपसूचक पनि घटेको छ । बुधबार बैंकिङ्ग उपसूचक ० दशमलव ५६ प्रतिशत अथवा ६.१२ अंकले घटेर १०७१ को बिन्दुमा कायम भएको छ । बुधबार कारोबार भएका बैंकहरुमध्ये दुई वटाको शेयरमूल्य चाही बढेको छ ।

बुधबार सानिमा बैंकको शेयरमूल्य ० दशमलव ७२ प्रतिशतले बृद्धि भएको छ । बैंकको शेयरमूल्य २३६ रुपैयाँमा कारोबार भएको छ । साथै, सरकारी स्वामित्वको नेपाल बैंकको शेयरमूल्य ० दशमलव १८ प्रतिशतले बृद्धि भएर २२१ रुपैयाँमा कारोबार भएको छ ।

कारोबार भएका बैंकहरुमध्ये १७ वटा बैंकहरुको शेयरमूल्य घटेको छ । जसमा नेपाल एसबिआई बैंकको १ दशमलव ५६ प्रतिशतले सर्वाधिक शेयरमूल्य घटेको छ ।

शेयरमूल्यको सूची (२०८०–१२–१४)

a36514df-52ad-42ed-9a3f-8f4c0a450d61.jpg

सम्बन्धित समाचार